काठमाडौं । गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।
बुधबार सिभिल अस्पतालमा घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले गत चैत्र १५ गतेको प्रदर्शनका क्रममा घाइते भएका बिरामीहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।
उनले सरकारले घाइतेको उपचार सरकारले गर्ने निर्णय गरिसकेको र सरकार प्रतिबद्ध रहेको बताए । आफू सबै घाइतेहरूले निःशुल्क उपचार प्राप्त गरेका छन् की छैनन् भनेर नै निरीक्षण र भेटका लागि पुगेको उल्लेख गरे । उनले अहिले औषधि बाहिरबाट किनेर ल्याउनुपरेको भए पनि त्यसको बिल अस्पतालमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेपछि सरकारले रकम दिने प्रतिबद्धता जनाए ।
उपचारपछिको भविष्यका लागि के छ सरकारको योजना भन्ने घाइतेका आफन्तको प्रश्नमा गृहमन्त्री लेखकले घाइतेहरूको उपचारपछिको लागि पनि सरकारले विचार गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया