स्वदेशी उत्पादनको प्रवर्द्धन आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड : उद्योगमन्त्री भण्डारी

लोकपथ
98
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनको प्रवर्द्धन आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।  

बुधवार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।  

उनले स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि सरकारले ‘नेपाली वस्तु, नेपालीको रोजाइ’ भन्ने नारालाई राष्ट्रिय अभियानको रूपमा अघि सारेको बताए । 

उनले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, प्रवर्द्धन, आयात व्यवस्थापन तथा रोजगारीको सिर्जना गर्न निर्देशिका जारी गरेको बताए । 

विभिन्न मेला तथा प्रदर्शनीले स्वदेशी वस्तुको बजार पहुँच बिस्तारमा सहयोग पुगेको बताए । स्वदेशी उत्पादनको गुणस्तर तथा नवप्रवर्तनमा सरकारले विशेष जोड दिएको उनको भनाइ छ  । उनले स्टार्ट अप उद्यम कर्जाका लागि नविनत्तम सोच, सीप र क्षमता भएका उद्यमीहरूलाई सहुलियत कर्जा प्रवाह गरिने बताए ।

मन्त्री भण्डारीले स्टार्ट अप कार्यक्रम सञ्चालनका लागि सरकारले एक अर्ब विनियोजित गरेको बताए । स्टार्ट अप कर्जाका लागि पाँच हजार तीन सय उद्यमीले आवेदन दिएकोमा एक हजार तीन सय ३१ उद्यमी अन्तिम चरणमा छनोट भई कर्जा दिने कार्य अघि बढेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?