काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायु र बंगालको खाडीबाट प्रवेश गरिरहेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशसहित देशका अन्य पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । यस्तो मौसमको क्रम आज रातिसम्म कायम रहनेछ।
यसैबीच, देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसले देशभर फैलिएको तुवाँलो क्रमशः घट्ने संकेत देखिएको छ ।
मौसमको बदलिंदो अवस्थाले दैनिक जनजीवन, कृषि कार्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले नागरिकहरूलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया