काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा विद्युत र टेलिफोन सेवा अवरुद्व भएको छ । बुधबार राति आएको हावाहुरीसहितको वर्षाका कारण विद्युत् र टेलिफोन सेवा अवरुद्व भएको हो ।
नेपाल टेलिकमका अनुसार, विद्युत् प्राधिकरणको जानकारी अनुसार सावरी हाइड्रोको पानीको कारण कोहलपुर–सुर्खेत 33 के.भी. र कुपिण्डे–बिचबजार–बिरेन्द्रनगर 33 के.भी. दुबै फिडर समस्या आएपछि सुर्खेत जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा केही स्थानका उपकरणहरू सञ्चालन गर्न आवश्यक Battery/Power Backup न्यून हुँदा सेवामा समस्या देखिएको कम्पनीले जानकारी दिएको छ । टेलिकमले Portable Generator प्रयोग गरेर सेवा निरन्तर राख्ने प्रयास गरिरहेको जनाएको छ । कम्पनीले असुविधाका लागि ग्राहकहरूप्रति क्षमायाचनासमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया