दुर्गालक्ष्मी क्याम्पसको स्ववियु सभापतिमा प्यानल सहित महरा विजयी

लोकपथ
2.5k
Shares

धनगढी । कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा भुवन महरा प्यानलसहित विजयी भएका छन् ।
बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली विद्यार्थी संघ (नेविसंघ) भुवन महरा प्यानल सहित विजयी भएका हुन् ।

सभापतिमा नेविसंघका उम्मेदवार भुवन महरा ४४१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी बम बहादुर विश्वकर्मा (अखिल संयुक्त प्यानल)ले ३७८ मत ल्याएका छन् ।

त्यस्तै कोषाध्यक्षमा पनि नेविसंघकी सोनिया शाहले ४४५ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी दीपिका जोशीले ३५१ मत ल्याएकी छिन् ।

त्यस्तै सदस्यहरूमा भागरथी विष्ट, लाल बहादुर खत्री, सुनिल बोहरा, जित बहादुर महरा, दीपकराज अवस्थी, उषा कुमारी साउँद, अमृता विक र दिनेश खड्का विजयी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?