टी–२० आई क्रिकेट : दोस्रो खेलमा नेपालद्वारा कुवेतमाथि ६ विकेटको जित 

लोकपथ
2.6k
Shares

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । आज बिहीबार भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ । बुधबार भएको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो ।

आज बिहान भएको खेलमा कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । 

यो नेपालले टी–२० आईमा लक्ष्य पूरा गर्दा बनाएको उच्च योगफल हो । यसअघि नेपालले मलेसियासँग १६६ रनको लक्ष्य पूरा गरेको सबैभन्दा उच्च सफल चेज थियो  ।

नेपालका लागि कुशल भुर्तेलले सानदार इनिङ खेल्दै ५० बलमा ८१ रन बनाए । आशिफ शेखले ३८ बलमा ५३, दीपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रन बनाए । कुशल मल्ल ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहे । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?