काठमाडौं । नेपाली बजारमा आज बिहीबार (चैत २८) सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
सुनको मूल्य आज तोलामा पाँच हजार ७०० रुपैयाँले बढेर एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यो हालसम्मकै उच्च मूल्य हो । यसअघि यही चैत २१ गते छापावाल सुन प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यो यसअघिको उच्च मूल्य कायम थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर तीन महिनालाई स्थगन गरेपछि यसको असर विश्व सुन बजारमा परेको हो । ट्रम्पले भन्सार दर स्थगन गरेपछि लगानीकर्ताले फेरि सुनलाई नै सुरक्षित देखेर लगानी बढाएकाले भाउ बढेको उनको भनाइ छ ।
सुनको भाउ अझै तलमाथि भइरहने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया