गाजामा निर्वाध सहायता पहुँचका लागि संयुक्त राष्ट्रसंघ प्रमुखको आग्रह 

लोकपथ
119
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजापट्टीमा तत्काल र निर्वाध सहायता पहुँचको लागि आग्रह गरेका छन् । 

इजरायलको एक महिना लामो नाकाबन्दीले मानवीय संकटलाई झनै खराब बनाएको भन्दै एन्क्लेभमा रहेका नागरिकहरूको पीडालाई अझ गहिरो बनाएको बताए । गाजामा सहायता नआएको एक महिनाभन्दा बढी समय बितिसकेको भन्दै सबै कुराको अभाव रहेको उनको भनाइ छ ।   

मार्च २ देखि इजरायलको आदेश अन्तर्गत गाजामा सहायता र व्यावसायिक सामानहरूको लागि सबै क्रसिङहरू बन्द छन् । 

जुन अक्टोबर २०२३ पछिको सबैभन्दा लामो तालाबन्दी हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?