काठमाडौं । सम्पूर्ण खोला मापदण्ड खारेजीको माग गर्दै भूमि अधिकार संरक्षण समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
बिहीबार काठमाडौंको माइतीघर मण्डलामा भूमि अधिकार संरक्षण समितिको आह्वानमा उपस्थित भई विरोध प्रदर्शन गरिएको हो । उनीहरूले जनतालाई उठीबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर, झीगु भूमि झीगु अधिकार, जनताको सम्पत्तिको हक कायम गर, आइएसओ १६९ लागू गर जस्ता प्लेकार्ड र नारा लगाइ विरोध प्रदर्शन गरेका हुन् ।
विरोध कार्यक्रममा बोल्दै धोबिखोला कोरिडोर प्रभावित मूल समितिका अध्यक्ष ऋषिराम बस्यालले नदी किनारको २० मिटर क्षेत्र छोड्नुपर्ने फैसला सर्वोच्च अदालतले मनगढन्ते रूपमा गरेको आरोप लगाए ।
उनले यो समस्या काठमाडौं उपत्यकामा मात्रै देखिए पनि नेपालभर लागू भए करोडौँ जनता विस्थापित हुने बताए । मापदण्डको नाममा सरकारले आतंक मच्चाएको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया