शेयर घट्दा पनि बढ्यो कारोबार, कतिमा हुँदैछ किनबेच ?

लोकपथ
49
Shares

काठमाडौं । साताको अन्तिम कारोबार शेयर बजार परिसूचक (नेप्से) ५.५७ अंकले घटेको छ । बिहीबार उक्त अंकले घट्दा नेप्से २६७०.७० बिन्दुमा झरेको छ । 

बुधबार शेयरबजार परिसूचक (नेप्से) १३.९० अंकले बढेको थियो । उक्त अंकले वृद्धि हुँदा नेप्से २६८०.५२ बिन्दुमा पुगेको थियो । 

साथै आज परिसूचक घटे पनि कारोबार भने बढेको छ । हिजो परिसूचक बढे पनि कारोबार भने घटेको थियो । आज ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो दिन   ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका ११३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ वटा कम्पनीको घटेको छ । एउटा कम्पनीको स्थिर रहेको छ । 

आज विकास बैंक,हाइड्रोपावर,लघुवित्त र म्युचुअल फण्डको शेयर बढेको छ भने वाणिज्य बैंक सहकारी होटेल व्यवसाय लगायत क्षेत्रको शेयर घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?