सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ

लोकपथ
791
Shares

गोरखा । सवारी ज्यान मुद्दाका फरार अभियुक्त कुमारबाबु नेपाली पक्राउ परेका छन् । पालुङटार नगरपालिका–१ का ३६ वर्षीय उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

९ वर्षअघि नेपालीलाई जिल्ला अदालतले सवारी ज्यान मुद्दामा एक वर्ष १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । त्यसयता फरार रहँदै आएका उनी बुधबार पक्राउ परेका हुन् ।

बिहीबार उनलाई जिल्ला अदालत पठाइएको र अदालतबाट कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?