काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्षको अवसरमा ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ ।
नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरूलाई घर खरिद गर्न/ निर्माण गर्न /पुर्ननिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा प्रदान गरेको हो ।
यस्तो कर्जा वातावरणीय विशेषता पुष्टि गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरूको प्रयोग गरिएको हुनुपर्दछ । यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रवर्द्धन गर्न तथा नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशनको पालना गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया