काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिंङ्ग प्रालिले नयाँ वर्षको अवसरमा ‘नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव’ को घोषणा गरेको छ ।
यही चैत्र २९ देखी वैशाख २ गते सम्म सञ्चालन हुने यस योजना अन्तर्गत जुनसुकै ब्राण्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.इभी, पन्च.इभी, नेक्सन के ३.इभी, र कर्भ.इभी एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
‘नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव’ मा आफ्नो पुरानो गाडी साटी टाटाको नयाँ इभी खरिद गर्ने ग्राहकहरूले २० प्रतिशत डाउनपेमेन्टमै गाडीहरू खरिद गर्न सक्नेछन् भने आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिंंङ्ग, निःशुल्क चार्जिंंङ्ग बक्स (जडान सहित) एवं निःशुल्क एभिटी सहित हरेक बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने जनाएको छ ।
यस्तै, सो अवसरमा ग्राहकहरूले नेपाल भर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया