दुर्गा प्रसाईंलाई झापा ल्याइयाे, जहाजमार्फत काठमाडौं ल्याइँदै

लोकपथ
12.8k
Shares
फाइल तस्बिर

काठमाडौं । भारतको आसाम राज्यबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । तीनकुने घटनाका मुख्य योजनाकार मानिएका प्रसाईंलाई अब विमानमार्फत काठमाडौं ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा प्रसाईं माथि अनुसन्धान भइरहेको थियो । सो घटनापछि दुई जनाको मृत्यु भएको थियो, र त्यसपछिप्रसाईं  भारत फरार भएका थिए। सुरुमा उत्तराखण्डमा रहेको भनिएका उनी त्यहाँबाट भागेर आसाम पुगेका थिए ।

प्रसाईंको खोजीमा नेपाल प्रहरीले विशेष टोली उत्तराखण्ड पठाएको थियो । लोकेसन ट्र्याकिङको आधारमा खोजी गर्दा प्रहरी पुग्नुअघि नै उनले सूचना पाएर त्यहाँबाट भागेका थिए । अन्ततः अपराध महाशाखाका टोलीले उनलाई आसाममा पक्राउ गर्न सफल भयो ।

भारतमा पनि उनीमाथि निगरानी बढेपछि प्रसाईंले भिडियो सन्देशमार्फत आफू नेपालमै रहेको दाबी गर्दै आएका थिए ।

प्रसाईंले पछिल्लो सन्देशमा आफू पक्राउ परेमा ज्यानको सुरक्षा सुनिश्चित भए मात्र नेपाल फर्किने बताएका थिए । हाल उनलाई काठमाडौं ल्याएर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?