अमेरिकामा हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु

लोकपथ
434
Shares

एजेन्सी । अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा तीन बालबालिका सहित ६ जना रहेका छन् ।न्यूयोर्कका मेयर एरिक एडम्सले दिएको जानकारी अनुसार दुर्घटना न्यूयोर्क र न्यूजर्सीलाई छुट्याउने हड्सन नदीमा भएको हो ।

हेलिकोप्टरमा यात्रा गर्नेमा अमेरिकी पाइलट सहित ५ स्पेनी नागरिक थिए । उद्धार टोली तत्काल घटनास्थलमा पुगे पनि चार जना घटना स्थलमा नै र दुई जना नजिकै अस्पताल लगिए पछि मृत घोषित भएका थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?