इजरायलद्वारा १० प्यालेस्टिनी कैदी रिहा

लोकपथ
119
Shares

काठमाडौं । युद्धरत देश इजरायलले १० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ ।

बिहीबार १० कैदीबन्दीलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् ।

प्यालेस्टिनी एन्क्लेभमा इजरायली स्थल कारबाहीको क्रममा पक्राउ परेका यी कैदीहरू मध्य गाजाको देइर अल–बलाहस्थित अल–अक्सा अस्पतालमा पुगेका छन् ।

उनीहरूलाई जेलको पोशाक लगाएर स्वास्थ्य अवस्था कमजोर भएको अवस्थामा बसबाट ओर्लिएको देखिएको थियो ।

इजरायली सेनाले अक्टोबर २०२३ देखि गाजामा आफ्नो स्थल आक्रमणको क्रममा हजारौँ प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?