काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई भद्रपुरस्थित विमानस्थल लगिँदा हातमा हतकडी लगाइएको छ । भारतको आसाममा पक्राउ परेका प्रसाईंलाई काठमाडौं ल्याउन भद्रपुरस्थित विमानस्थल लगिँदा हतकडी लगाइएको हो ।
उनी र उनीसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्कालाई बुद्ध एअरको उडानबाट अहिले काठमाडौं ल्याइँदै छ । झापा प्रहरीले उनलाई बुद्ध एयरको जहाजबाट बिहान ११ बजेर ५० मिनेटको फ्लाइटमा पठाएको हो । उक्त जहाज काठमाडौं विमानस्थलमा साढे १२ बजे अवतरण हुने बताइएको छ ।
जहाजमा दुर्गा प्रसाईं : https://www.facebook.com/share/r/16Q18raDLG
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया