जापानी राजदूतद्वारा केएनपी कारखानाको अवलोकन

लोकपथ
203
Shares

काठमाडौं । नेपालका लागि जापानका राजदूत महामहिम मेएडा टोरूज्यूले  वीरगन्ज महानगरपालिका भ्रमणका क्रममा  केएनपी जापान प्रालिको कारखानाको अवलोकन गरेका छन् । 

उनलाई केएनपी जापान प्रालिका निर्देशक अशोक कुमार वैद्य र कारखानाका प्रबन्धक प्रवीण जाधव लगायत कारखानाका कर्मचारीहरूद्वारा स्वागत गरिनुका साथै सम्पूर्ण कारखाना अवलोकन गराइएको थियो।

राजदूतले जापान, भारत र नेपालबिचको संयुक्त साझेदारीमा सञ्चालन रहेको यस बहुराष्ट्रिय संयुक्त लगानीका उद्योगको कार्य प्रणाली तथा गुणस्तरप्रति प्रसन्नता व्यक्त गरे । उनले यस्तो सहयोगात्मक प्रयासले दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

राजदूत मेएडा टोरूज्यूले यस्ता बहुदेशीय लगानीका उद्योगहरूको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थ्यकर समस्याहरूको समाधान नेपाल सरकारले तदारुकता साथ गर्ने कुरामा आशा व्यक्त गरे । उनले हाल नेपालमा सञ्चालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको सम्भावना बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?