नेपाल–भारतबिच राजनीतिक रूपमा पनि राम्रो सम्बन्ध छ : उपप्रधानमन्त्री सिंह

लोकपथ
56
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल-भारतबिच राजनीतिक रूपमा पनि राम्रो सम्बन्ध रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल र भारतबिच सांस्कृतिक मात्र नभई राजनीतिक रूपमा पनि गहिरो सम्बन्ध रहेको बताएका हुन् ।  

नेपाली कांग्रेसका संस्थापक नेताहरू, विपी कोइराला, कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक मुभमेण्टमा पनि भारतमै गएर बस्नुपरेकाले नेपाल र भारतबिचको राजनीतिक सम्बन्ध महत्त्वपूर्ण रहेको बताए ।  

उनले धार्मिक, सांस्कृतिक पक्षबाट नेपाल र भारतबिचको सम्बन्ध झनै प्रगाढ बनेको बताए । उनले नेपाल र भारतमा सबैभन्दा हिन्दु धर्मावलम्वीहरु भएकाले पनि सम्बन्ध बिस्तार भएको र बुद्ध धर्मका कारण पनि नेपाल र भारतबिचको सम्बन्ध उचाइमा पुगेको उल्लेख गरे ।  

उपप्रधानमन्त्री सिंहले नेपाल र भारत बिचको सम्बन्ध बिस्तारका लागि बनारसले शिक्षाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका खेलेको बताए । राजनीतिक रूपमा पनि नेताहरू प्रजातान्त्रिक आन्दोलन लगायतमा भारतमा बस्ने गरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?