दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राख्न अनुमति 

लोकपथ
70
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले यो अनुमति दिएको हो । 

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर प्रसाईं त्यस दिनदेखि नै फरार थिए ।

बिहीबार उनलाई भारत आसाम प्रहरीले नियन्त्रणमा लिएर आज शुक्रबार नेपाल–भारत सीमा काँकडभिट्टामा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?