नयाँ वर्षमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुने

लोकपथ
77
Shares

काठमाडौं । नयाँ वर्षको अवसरमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुने भएको छ । शुक्रबार नगरकोटमा पत्रकार सम्मेलन गर्दै भक्तपुरको चाँगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिकाले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् ।

भ्रमण वर्षको अवसरमा २ र ३ गते पनि कार्यक्रम सञ्चालन हुनेछ । नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा भ्रमण वर्ष हुन लागेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले बताए ।

उनले भ्रमण वर्षको तयारी पूरा भइसकेको र २०८२ भित्रै नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने समेत मुख्य लक्ष्य लिइएको जानकारी दिए ।  

उनले भ्रमण वर्षभर कम्तीमा एकलाख अन्तर्राष्ट्रिय र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिएको बताए । नगरकोट भ्रमण वर्षलाई लक्षित गरी नगरकोटमा आन्तरिक पर्यटकलाई अवधि सुविधा दिने गरी नगरकोटबाट काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन गरिसकेको जानकारी दिए ।

होटेल व्यवसायीहरूले नयाँ वर्षको १, २ र ३ गते १५ प्रतिशत र भ्रमण वर्ष अवधिभर नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइँमा १० प्रतिशत छुट दिने घोषणा गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?