प्रदर्शनरत शिक्षकबारे प्रधानमन्त्री : ‘आफ्नो मात्र हित हेरेर समस्या समाधान हुँदैन, भावनामा नबग्नुस् ’

लोकपथ
378
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हेरेर समस्याको समाधान नहुने बताएका छन् । 

शुक्रबार नेकपा (एमाले) ले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले शिक्षकहरू भावनामा बगेको उल्लेख गर्दै यसले समाधान नदिने बताएका हुन् । 

आफ्नो मात्र हित हेरेर नभई देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता हेर्न महत्त्वपूर्ण रहेको उनको भनाइ छ । 

उनले रोकिएको शिक्षा ऐनलाई उपयुक्त ढंगबाट ल्याइने बताए । उनले सरकार शिक्षकका समस्या समाधान गर्न चाहिरहेकोले शिक्षकहरूले समेत आफ्नो बाध्यता बुझिदिनुपर्ने बताए ।  

मुलुकमा विद्यमान समस्याको समाधान गर्नकै लागि वर्तमान सरकार गठन भएको उनको दाबी छ । उनले एक जना कर्मचारी निकाल्दा राजनीतिक दलहरूले रुवाबासी गरेको टिप्पणी गरे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?