काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत अवरूद्ध हुने

लोकपथ
1.1k
Shares

काठमाडौं । काठमाडौं र ललिपुरमा विद्युत अवरूद्ध हुने भएको छ । काठमाडौं र ललिपुरका विभिन्न स्थानमा शनिबार एकदेखि पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौं र ललितपुरका विभिन्न वितरण केन्द्रका विभिन्न फिडरअन्तर्गका स्थानहरूमा शनिबार विद्युत अवरूद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार विभिन्न मर्मत तथा स्तरोन्नतिको कामका लागि केही समय विद्युत आपूर्ति बन्द गरिनेछ ।

काठमाडौंमा कहाँ-कहाँ बन्द हुन्छ बत्ती ?

काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रअन्तर्गत थानकोट फिडरमा पर्ने नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । यहाँ पोल स्थानान्तरण र कन्डक्टर स्तरोन्नतिको काम हुँदैछ।

त्यस्तै, रत्नपार्क वितरण केन्द्रअन्तर्गत दरबारमार्ग फिडरमा पर्ने जमलपुल अगाडि, विश्वज्योति हल क्षेत्र, यलो पगोडा, अन्नपूर्ण होटेल, निर्वाचन आयोग अगाडिसम्मको क्षेत्रमा बिहान ७ बजेदेखि १० बजेसम्म बत्ती नआउने प्राधिकरणले जनाएको छ । भूमिगत तार विस्तारका लागि फिडर सटडाउनमा राखिनेछ।

लितपुरमा प्रभावित क्षेत्रहरू लगनखेल वितरण केन्द्रअन्तर्गत इमाडोल २ फिडरका ग्वार्को, इमाडोल, कृष्णमन्दिर, ढुंगेसागुँ, बोजेपोखरी, टिकाथली, नर्कटे, लुभ र चाँगाथली क्षेत्रमा दिउँसो २:३० देखि ३:३० बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

यस्तै, जावलाखेल फिडरअन्तर्गत जावलाखेल, कुमारिपाटी र नटोल क्षेत्रमा १ बजेबाट ४ बजेसम्म बत्ती नआउनेछ। रिङरोड फिडरका जिल्ला प्रशासन कार्यालय ललितपुर, एभिएम चोक, कुसुन्ति, कान्तिपुर कोलोनी, नखिपोट, शिवचोक र चुम्लुङ भवन आसपासका क्षेत्रहरूमा ११ बजेदेखि १२ बजेसम्म विद्युत सेवा अवरूद्ध हुने जनाइएको छ।

प्राधिकरणले तोकिएको काम निर्धारित समयभन्दा चाँडो सम्पन्न भएमा बत्ती समयअगावै आउने स्पष्ट पारेको छ। सुझाव: उक्त समयमा महत्वपूर्ण कार्यहरू पूर्वतयारीका साथ गर्न वा वैकल्पिक उपाय अपनाउन उपभोक्ताहरूलाई अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?