काठमाडौं । दक्षिणी गाजा पट्टीको खुजाआ सहरमा ४१ वर्षीय हुसम डल्लोल कुदेइहले आश्रयस्थलबाट सूर्यास्त हेर्दै आफ्नो भविष्यको बारेमा सोचेका थिए । जहाँ इजरायली युद्धले उनको जीवनको हरेक पक्षलाई असर गरिरहेको थियो ।
आफूहरूले जन्मभूमि छोडेर कतै पनि जान नसक्ने उनको भनाइ छ । भत्किएको घरमा सुत्नपरे पनि आफूहरूले आफ्नो जन्मस्थान नछोड्ने उनीहरूको अडान छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका बासिन्दाहरूलाई अन्य देशहरूमा स्थानान्तरण गर्ने सुझाव दिएपछि उनका शब्दहरूले गाजाका बासिन्दाहरूमा बढ्दो अवज्ञाको भावना झल्काउँछ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग वाशिंगटनमा भएको भेटमा ट्रम्पले प्यालेस्टिनीहरूलाई विभिन्न देशहरूमा सार्ने सुझाव दिएका थिए । ट्रम्पको टिप्पणीले प्यालेस्टिनी क्षेत्रहरूमा आक्रोश फैलाएको छ ।
मार्च १८ मा गाजामा इजरायली सैन्य कारबाही पुनः सुरु भएदेखि, कम्तीमा १ हजार ४८२ प्यालेस्टिनीहरू मारिएका छन् । ३ हजार ६ सय भन्दा बढी घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया