चितवन । भरतपुर अस्पतालले वातावरण प्रदूषण प्लास्टिकका झोलामा प्रतिबन्ध लगाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लास्टिकका झोला प्रयोगमा रोक लगाइएको हो ।
अस्पतालमा बिरामी भेट्न आउँदा कागजका झोला र कपडाका झोला प्रयोग गर्न अस्पतालले बिरामीका आफन्तहरूलाई आग्रह गरेको छ ।
अस्पतालले कुनै पनि कार्यक्रममा प्लास्टिकका सामग्रीको प्रयोग नगर्ने उनले बताए । प्लास्टिकका झोलाले वातावरणलाई हानि गर्ने भएकाले प्रयोगमा रोक लगाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया