विनयी खोलाको बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

लोकपथ
1.8k
Shares

काठमाडौं । पूर्वी नवलपरासीको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

आज पौने १२ बजे विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको हाे ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिनाले डाइभर्सन बगाएपछि चार सय मिटर बाटो वारपार गर्न २५ किलोमिटर घुमाउरो वैकल्पिक बाटो मात्रै प्रयोग गर्न मिल्ने उनले बताए। अत्यावश्यक गाडीलाई होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्कीबासतर्फ बाटो प्रयोग गर्न भनिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?