काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले मान्छेले आफ्नो जीवनमा देखे, भोगेका विविध आयामहरूलाई भाषा र शिलशिला मिलाएर लेख्नु नै साहित्य भएको बताएकी छन् ।
शनिबार काठमाडौंमा आयोजित साहित्यकार गोपाल पाण्डेको पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले पुस्तक लेख्दा भाषागत रूपमा पठनीय हुनुपर्ने बताइन् । उनले
आम नेपालीको जीवनयापनका क्रममा भोगेका अनुभवको संगालोमा साहित्यक पुस्तकहरू लेख्न सकिने बताइन् ।
उनले पाण्डे परिवार साहित्य लेखनमा मात्रै नभई देशलाई माथि उकास्ने खान्दानी परिवारको रूपमा चिनिएको बताइन् ।
पूर्व प्रधानन्यायाधीश कार्कीले अन्तरआत्मामा छुने भावनात्मक विचारले भरिपूर्ण पाण्डेको लेखन प्रशंसनीय भएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया