काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार सफल बनाउन काम गरिरहेको बताएका छन् । महामन्त्री थापाले धनकुटामा आयोजित एक कार्यक्रमलाई संम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले यो सरकार सफल बनाउन आफूहरुले काम गरिरहेको भए पनि अनावश्यक कामको पछि लागेको भन्दै आलोचना गरे ।
उनले भने, ‘यो सरकार सफल बनाउन हामीले काम गरिरहेका छौं । मेहनत पनि गरिरहेका छौं । परिणाम देऊ भनिरहेका छौं । सरकारमा बसेका हाम्रा साथीहरूबाट देशभरि प्रशंसा गर्न पाउँ भनिरहेका छौं । कहिलेकाहीँ दुःख पनि लागिरहेको छ । चाहिने नचाहिने काम गर्दिनाले देशभरिका साथीहरूको बिचमा अनावश्यक रूपमा जवाफ दिँदै हिँड्नुपरेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया