लिखित इतिहासले संस्कार र रीतिरिवाज जीवन्त राख्छ : उपप्रधानमन्त्री सिंह

लोकपथ
77
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले लिखित इतिहासले संस्कार र रीतिरिवाज जीवन्त राख्ने बताएका छन् । 

शनिबार ललितपुरमा आयोजित श्रीनृसिंह महात्म्य एवं स्मारिका २०८१ विमोचन तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  

उनले पुर्खाले दिएको असल अभ्यास तथा संस्कार नयाँ पिढीलाई हस्तान्तरण गर्न पुस्तकले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए ।  

असल रीतिरिवाज तथा संस्कृति जोगाउन नयाँ पुस्ता अगाडि आउनुपर्ने उनको भनाइ छ । उनले विभिन्न संस्कार, संस्कृति तथा पुर्खाको असल आचरणका बारेमा लेखिएका पुस्तकले नयाँ पुस्तालाई आकर्षित गर्ने बताए । उनले पुस्तक अध्ययन गरेर पुर्खाको नासोको संरक्षण तथा निरन्तरता दिन सकिने बताए । 

उपप्रधानमन्त्री सिंहले धर्म संस्कृति जोगाउन र अगाडि बढाउन सबैको योगदान हुनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?