काठमाडौं । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्तिहरूलाई बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आयोगको पदाधिकारी नियुक्त गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयोगको पदाधिकारीमा जो आए पनि संक्रमणकालीन न्यायको मर्म बुझेको र टुंग्याउने प्रतिबद्धता भएको व्यक्ति आवश्यक रहेको बताए ।
उनले यसअघि गठन भएको आयोगले पनि संक्रमणकालीन न्याय नटुंग्याउँदा जनतामा विश्वास गुमेको भन्दै अब बन्ने आयोग विश्वास आर्जन गर्नसक्ने हुनुपर्ने बताए ।
उनले सबैले जिम्मेवारी बोधका साथ योगदान गर्नसके संक्रमणकालीन न्याय टुंगो लगाउन सकिने बताए । संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेर यसअघि नै ६३ हजार निवेदन दर्ता भइसकेको र २५ सय धेरै बेपत्ताका निवेदनहरू रहेको बताए ।
यौनजन्य दुर्व्यवहार, बलात्कार लगायतका निवेदनहरू अझै आउने क्रम रहेको भन्दै त्यसलाई समाधान गर्न र सत्य स्थापित गर्नेकुरामा अघि बढ्नुपर्ने बताए । उपमहासचिव ज्ञवालीले संक्रमणकालीन न्याय टुंग्याउन धेरै कुरा गर्न बाँकी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया