वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबिच झडप: अवस्था तनावग्रस्त, कर्फ्यु लगाउने तयारी

लोकपथ
2.8k
Shares

काठमाडौं । पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबिच झडप भएको छ । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबिच झडप भएको हो ।

हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो ।  उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो । 

उक्त क्षेत्रमा झडपको अवस्था उत्पन्न भएपछि प्रहरीले कर्फ्यु लगाउने तयारी र केही सेल अश्रुग्यास प्रहार गरेको छ । केही पसलहरूमा आगजनी समेत गरिएको छ । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?