ट्र्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

लोकपथ
665
Shares

काठमाडौं । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल बोकेर गइरहेको ट्रयाक्टर गए राति दुर्घटना हुँदा मृत्यु भएको छ ।

नगरपालिका–३ सेतीबगरमा प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?