काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज नेपाल र कुवेतबीच हुँदैछ । मोङ कोक मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
नेपाल, कुवेत, हङकङ र कतार सहभागी प्रतियोगिताको समूह चरणमा नेपाल उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रह्यो। नेपालले कतार र कुवेतविरुद्ध जित निकालेको थियो भने हङकङसँगको खेल वर्षाका कारण रद्द भयो । त्यसपछि ३ खेलमा ५ अंक जोड्दै नेपाल फाइनलमा पुगेको हो ।
कुवेतले हङकङ र कतारलाई हराए पनि नेपालसँगको खेलमा हार बेहोरेको थियो । २ जितसहित उसले ४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो। घरेलु टोली हङकङ भने ३ अंकमै रोकिँदै फाइनल पुग्न असफल रह्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया