काठमाडौं । आइतबार (आज) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिन तोलामा १ लाख ८५ हजार रहेको सुनको मूल्य आज १ हजारले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८६ हजार १ सय कायम भइ कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै आज चाँदीको मूल्य समेत तोलामा ५५ रुपैयाँले वृद्धि भएको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजार ९ सय ५ रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार ९ सय ६० कायम भइ कारोबार भइरहेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा समेत देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया