काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दिएको निवेदन न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी तोकिएको छ ।
उच्च अदालतको आदेशविरुद्ध रविले दिएको निवेदन न्यायाधीश ढुङ्गानाको इजलासमा पेसी तोकिएको हो ।
सहकारी ठगी सम्बन्धी कसुर र सङ्गठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न उच्च अदालतले दिएको आदेशविरुद्ध लामिछाने निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए । थुना बाहिरै रही मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने निवेदन बोकेर लामिछाने शुक्रवार सर्वोच्च अदालत पुगेका थिए ।
लामिछानेलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने उच्च अदालतको आदेश बदरको माग गर्दे लामिछानेले दायर गरेको रिट आइतबार न्यायाधीश ढुङ्गानाको एकल इजलासमा पहिलो नम्बरमा पेसी तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया