चारदेशीय टी-२०आई सिरिज फाइनल : नेपालले पहिला फिल्डिङ गर्ने

लोकपथ
777
Shares

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । कुवेतविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल, कुवेत, हङकङ र कतार सहभागी प्रतियोगिताको समूह चरणमा नेपाल उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रह्यो। नेपालले कतार र कुवेतविरुद्ध जित निकालेको थियो भने हङकङसँगको खेल वर्षाका कारण रद्द भयो । त्यसपछि ३ खेलमा ५ अंक जोड्दै नेपाल फाइनलमा पुगेको हो ।

कुवेतले हङकङ र कतारलाई हराए पनि नेपालसँगको खेलमा हार बेहोरेको थियो । २ जितसहित उसले ४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो। घरेलु टोली हङकङ भने ३ अंकमै रोकिँदै फाइनल पुग्न असफल रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?