छुट्टाछुट्टै स्थानमा दुई जना मृत भेटिए

लोकपथ
56
Shares

काठमाडौं । छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । 

जुम्लाको चन्दननाथ नगरपालिका–५ कार्कीबाडा बस्ने ३९ वर्षीय गौरब खत्री आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका हुन्। 

त्यस्तै धादिङको सिद्धलेक गाउँपालिका–७ अमल्टारस्थित त्रिशूली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?