वीरगञ्ज घटना अपडेट : १४५ राउण्ड अश्रुग्यास, २ राउण्ड हवाई फायर

लोकपथ
3.9k
Shares
फाइल तस्बिर

काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार भएको झडप र त्यसपछि अवस्थालाई थप शान्त बनाउन प्रशासनले आज राति १२ बजेसम्मका लागि कर्फ्यूको समय बढाइएको छ ।

शनिबारको घटनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो क्रममा प्रहरीले १४५ राउण्ड अश्रुग्यास र २ राउण्ड हवाई फायर गरिएको जानकारी गराए ।

त्यस्तै सो घटनामा परी सुरक्षाकर्मीसहित ३३ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी गराएका छन् ।
उनका अनुसार २५ सुरक्षाकर्मी घाइते भएका छन् भने ८ जना प्रदर्शनकारी घाइते भएका छन् ।

‘शनिबारको घटनापछि स्थिति नियन्त्रणमा लिन १४५ राउण्ड अश्रुग्यास र २ राउण्ड हवाई फायर भएको छ,’ पत्रकार सम्मेलन गर्दैै प्रजिअ अर्यालले भने, ‘२५ सुरक्षाकर्मी र ८ जना प्रदर्शनकारी गरी ३३ जना घाइते हुनु भएका छन् ।’

अवस्था अशान्त बनेपछि प्रशासनले हिजो साँझ साढे ७ बजेबाट कर्फ्यू आदेश जारी गरिएको थियो । तर अझै अवस्था शान्त बन्न नसकेपछि आज राति १२ बजेसम्मका लागि कर्फ्यूको आदेश जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?