काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै दलको बहुमत आउन अप्ठ्यारो रहेको बताएका छन् ।
आइतबार नेपाल मुस्लिम संघले आयोजना गरेको ईद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कुनै दलको बहुमत आउन सक्ने अवस्था नरहे पनि वर्तमान संविधानले सबैलाई मिलाएर सरकार बनाउन सहजता प्रदान गरेको समेत स्पष्ट पारे ।
‘अहिलेको अवस्थामा कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ तर सबैलाई मिलाउन सक्ने व्यवस्था संविधानमा रहेको छ,’ उनले भने ।
त्यस्तै सबै जतजाती र भाषाभाषीलाई मिलाएर लैजान आफू र आफ्नो दलले लामो समयदेखि भूमिका निर्वाह गरेको समेत बताए ।
साथै सबै धर्म मान्ने र जात विशेष मिलेर रहेको नेपालमा पुनः द्वन्द सिर्जना गर्ने काम स्वीकार्य नहुने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया