काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनल खेलमा नेपाल पराजित भएको छ । उपाधिका लागि आइतबार भएको खेलमा कुवेतले नेपाललाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
उक्त लक्ष्य पच्छ्याएको नेपाल १९.२ओभरमै अल आउट भएको हो । नेपालले १९.२ ओभरमा १ सय ७१ रन जोड्यो ।
नेपालका लागि बसिरले सर्वाधिक ८० रन बनाए । उनले आठ चौका र चार छक्का प्रहार गरे। त्यस्तै नेपालका अर्का ब्याट्सम्यान नन्दनले १४ बलमा दुई चौका र चार छक्कासहित ३७ रन जोडे । नेपालका बसिर अहमद र नन्दन यादवबाहेक अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गरेनन् ।
कुवेतका अनुदीप चेन्थमाराले सर्वाधिक तीन विकेट लिए। यसिन पटेल र नवीनराज राजेन्द्रनले समान दुई विकेट लिए भने मोहमद असलमले एक विकेट लिए ।
कुवेतविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए । नेपालले तीन खेलमा जित निकालेको थियो भने यता, कुवेत भने लिग चरणमा दोस्रो हुँदै फाइनलमा पुगेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया