सहकारी ठगी प्रकरण : रविको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन

लोकपथ
4.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ । 

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार निवेदन दायर भएको थियो ।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतलका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने कारणसहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । 

उक्त प्रतिवेदन प्राप्त भएपछि सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज वा उच्चको आदेश सच्चाएर थुनाबाहिर बसेर पुर्पक्ष गर्न सक्ने आदेश गर्नेछ ।

सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

लामिछानेलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न उच्च अदालतले दिएको आदेशविरुद्ध लामिछाने निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?