तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्रले के भने ?

लोकपथ
2k
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते तीनकुनेमा भएको घटनाबाट आफू दुखी रहेको बताएका छन् ।

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले तीनकुनेमा भएको आगजनी, तोडफोड लगायतका घटनाबाट आफू दुखी रहेको बताए ।

साथै शान्तिपूर्ण प्रदर्शन भनिए पनि हिंसात्मक घटना भएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताए ।

‘केही दिनअघि जनप्रर्दशनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अन्यत्त दुख लाग्यो,’ उनले भनेका छन् ।

त्यस्तै नागरिक स्वतन्त्रता भन्दा ठूलो वाद अरु कुनै नहुने समेत बताए ।

राजतन्त्र पुनस्थापनाका लागि राजावादी शक्तिहरुले गरेको प्रदर्शनका क्रममा तीनकुनेमा घटना भएको र त्यसको एक भागीदार पूर्वराजा ज्ञानेन्द्र रहेको भन्दै विभिन्न राजनीतिक दलहरुले आलोचना गरिरहेका छन् । यहीबीच ज्ञानेन्द्रले त्यस विषयमा बोलेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?