काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा पारि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम जिल्लाको चुलाचुली गाउँपालिका वडा नम्बर–३ घर भएका ३५ वर्षीय ख्याम खड्का र मोरङ जिल्लाको ग्रामथान गाउँपालिका वडा नम्बर–६ घर भएका २३ वर्षीय ईश्वर पोखरेल रहेका छन् ।
पक्राउ परेका ख्याम खड्काले युके पठाइदिन्छु भन्दै २ जना पीडितबाट ३६ लाख रुपैयाँ लिएर लामो समय सम्म झुलाएर राखेर विदेश नपठाई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो ।
त्यस्तै ईश्वर पोखरेलले आकर्षण तलबको प्रलोभनमा पारि क्यानडा पठाइदिन्छु भन्दै एक जनासँग १० लाख ५१ हजार रुपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया