जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन

लोकपथ
252
Shares

काठमाडौं । जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका लागि सरकार दोषी रहेको भन्दै आइतबार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनक चोकबाट विरोध जुलुस निकालेको हो । 

विरोधमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेताहरूको नाम लिएर विरोध जनाएका छन् । उनीहरूले सरकारविरुद्ध तीव्र असन्तोष व्यक्त गर्दै राष्ट्रिय झण्डा बोकेर जनकपुरधामको विभिन्न भाग परिक्रमा गरेका थिए । 

सरकारले थुनामा रहेका नेताहरूलाई तत्काल रिहा नगरे आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?