पेस्तोलसहित भारतीय नागरिक पक्राउ

लोकपथ
336
Shares

रौतहट । प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका वडा नम्बर-८ लक्ष्मीपुर बेलविछवा नाका नजिकमा रहेको जयसवाल होटेलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

होटेल बाहिर मदिरा सेवन गरेर हो हल्ला एवं झैँ झगडा गरिरहेको प्राप्त सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारत विहार राज्य सीतामढी जिल्ला नन्दवाराका २३ वर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका एसपी सन्तोष बस्नेतका अनुसार उनको शरीरबाट पेस्तोल एक थान, लागु औषध कोरेक्स ३ बोटल, नाईट्रोभेट ५ ट्याब्लेट, मोबाइल १ थान बरामद गरिएको हो।

अवैध हतियार, लागु औषधसहित पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?