काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत चलेको हेटौँडा प्रादेशिक अस्पतालमा
भएको तोडफोडबारे आपत्ति जनाएको छ ।
युवा संघ बागमती प्रदेश समितिले उक्त तोडफोडमा राजावादी र कांग्रेस कार्यकर्ता रहेको आरोप समेत लगाएको छ ।
युवा संघका बागमती प्रदेश अध्यक्ष राजु तिवारी द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उक्त कार्यमा संलग्नलाई कार्बाही गर्न प्रशासन सगँ माग गरिएको छ।
आइतबार दिउँसो केही राजावादी युवाहरुले अस्पतालमा गएर मदन भण्डारीको नाम मेट्न खोजेपछि एमाले र राष्ट्रिय युवा संघ थप आक्रोशित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया