काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निराशा फैलाएर मुलुकलाई थप निराश बनाउन खोज्ने तत्वहरुलाई परास्त गर्नुपर्नेमा जोड दिएका छन् ।
नयाँ वर्ष २०८२ को शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हेर्ने मात्र नभइ त्यसलाई अँगाल्ने, उत्सवका रुपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने संकल्प गर्नुपर्ने बताए ।
‘मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने संकल्प लिनुपर्छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नु पर्दछ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
त्यस्तै नयाँ वर्षमा नयाँ उर्जा, नयाँ जोश र नयाँ संकल्पका साथ नयाँ सम्भावनाहरुको खोजी गर्न समेत आह्वान गरेका छन् ।
‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छौं । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु । अनेकौं कठिनाइहरुका वावजुद हामीले हासिल गरेका उपलब्धिहरुलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने छौं भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन् ।
त्यस्तै मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा संकल्प पूरा गर्न डटेर लाग्न समेत आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया