शेखरले भने– ‘नेतृत्वले महाधिवेशन रोक्न सक्छ, साथीहरु चनाखो बनौँ’

लोकपथ
210
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा देखिएको विकृती र विसंगतीको उपचार पार्टीभित्रैबाट खोजिनुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता कोइरालाले कांग्रेसको अगुवाइमा राजनीतिक शुुद्धिकरणको अभियान चलाउनुपर्नेमा समेत जोड दिए ।

पार्टीका संस्थापक नेता वीपी कोइरालाको भनाइलाई स्मरण गर्दै ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियान नचलाउने हो भने भने पार्टी सुकिला मुकिला र पैसावालाको कब्जामा जाने खतरा रहेको बताए ।

‘हामी सबै राजनीतिमा देखिएको विकृती विसंगतीको चर्चा गर्छौैँ, यसको उपचारको खोजी पार्टी भित्रबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो । पार्टीको अगुवाईमा ‘‘क्याम्पेन फर क्लिन पोलिटिक्स’’ को अभियान नचलाई बस्ने हो भने वीपी कोइरालाले भन्नुभएझै कांग्रेस पार्टी ‘सु्किला मुकिला र पैसावालाको कब्जामा’ जाने खतरा छ । र म त्यो देख्दैछु,’ उनले भनेका छन् ।

०८२ सालमा पार्टीमा क्लिन पोलिटिक्सको नारा अघि नसार्दासम्म नागरिकको विश्वास र भरोसा जित्न गाह्रो रहेको समेत बताए ।

त्यस्तै शुभकामना सन्देश जारी गर्दै उनले यो वर्ष कांग्रेसको १५औँ महाधिवेशनको वर्ष रहेको बताउँदै कुनै पनि बहानामा महाधिवेशन रोक्न नहुनेमा जोड दिए ।

‘नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसको तर्फबाट साथीहरु अगाडि आउनुपर्दछ,’ उनले भनेका छन्, ‘यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो । कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाति हुनेछ । यसतर्फ कांग्रेसका साथीहरुलाई चनाखो र सतर्क रहन पनि म अपिल गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?