काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
एमाले मुख्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो ।
आजको बैठकमा समयसामयिक विषयमा छलफल हुने बताइएको छ । त्यस्तै पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्दै वैशाख ११ गते लोकतन्त्र दिवसका अवसरमा एमालेले गर्ने युवा सम्मेलनका विषयमा समेत छलफल हुनेछ ।
बैठक सुरु हुने बित्तिकै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै सचिवालय सदस्यहरुलाई नयाँ वर्षको शुभकामना समेत व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया