कारागारमुक्त भए निलम्बित न्यायाधीश भुवन गिरी

लोकपथ
2.7k
Shares

काठमाडौं । वैवाहिक बलात्कारको मु्द्दामा सफाइ पाएसँगै निलम्बित न्यायाधीश भुवन गिरी कारागारमुक्त भएका छन् ।

आइतबार उच्च अदालत पाटनले गिरीलाई वैवाहिक बलात्कारको मुद्दामा सफाइ दिएको थियो । त्यससँगै गिरी सोमबार बिहान डिल्लीबजार कारागार मुक्त भएका हुन् ।

हिजो उच्च अदालतका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजसालले गिरीलाई सफाइ दिएको हो ।

त्यसो त गिरी पत्नी आरती रावलले दायर गरेको मुद्दामा ०८१ साल जेठमा जिल्ला अदालत काठमाडौंले गिरीलाई दोषी ठहर गरेको थियो ।

आफ्नै पत्नीले वैवाहिक बलात्कारको मुद्दा दायर गरेसँगै उनी निलम्बनमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?